काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य समान्य बढेको छ भने चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २०० ले बढ्दा चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।
मंगलबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार २०० र तेजाबी सुन प्रतितोला ८८ हजार ७५० मा कारोबार भइरहेको छ ।
सोमबार छापावाला सुन प्रतितोला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० मा कारोबार भएको थियो ।
महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २०५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २१५ मा कारोबार भएको थियो ।









