काठमाडौं– मानुषी लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) मा आवेदन खुला भएको छ ।
संस्थाले जारी पुँजीको ३६ प्रतिशत अर्थात ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।
त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ भने प्रत्याभुतकर्ता ग्लोवल आईएमई क्यापिटल रहेको छ । आइपिओको निष्कासन बन्द छिटोमा साउन ३१ र ढिलोमा भदौ ९ गते बैंकिङ समयपछि हुनेछ।
लघुवित्तको आइपिओमा न्यूनतम १० र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेब तथा एपमार्फत पनि कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ ।









