काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४०० ले घटेको छ । नेपाली बजारमा केही दिनदेखि निरन्तर आरालो लागेको सुनको मूल्य बुधबार पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ८८ हजार ८०० मा कारोबार भइरहेको छ । त्यसैगरी, बुधबारका लागि महासंघले तेजावी सुनको मूल्य ८८ हजार ३५० कायम भएको गरेको छ ।

मंगलबार छापावाल सुन तोलाको ८९ हजार २०० मा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन ८८ हजार ७५० मा कारोबार भएको थियो ।

मंगलबारभन्दा तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार १९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय