काठमाडौं– सरकारले विश्वविद्यालयका २० वर्षभन्दा माथिका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मंगलबार ट्विट गर्दै विश्वविद्यालयका २० भन्दामाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने निर्णय गरिएको जानकारी दिए ।
सोमबार पाँच विद्यार्थी संगठनले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको परीक्षामा सहभागी विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गरेका थिए ।
मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई खोप दिइनेछ ।









