काठमाडौं– महालक्ष्मी विकास बैंकका ग्राहकले शम्बला होटलका विभिन्न सेवामा छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुलाई गुणस्तरीय सेवाको साथै थप सुविधा प्रदान गर्ने उद्देश्यले होटल शम्बला प्रालिसँग सम्झौता गरेको जनाएको छ । बैंकको महाराजगन्ज शाखाको अगुवाइमा उक्त सम्झौता भएको बताइएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले होटलका विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले खानेकुरा र पेयमा अधिकतम १५ प्रतिशतसम्म र स्पा सेवामा १० छुट पाउने बताइएको छ ।

सम्झौतापत्रमा होटलका सञ्चालन प्रबन्धक रबिन मानन्धर र बैंकका महाराजगन्ज शाखाका प्रमुख पल्लभ श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

देशका १०३ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय