काठमाडौं– क्लासिक भिल्लामा आवास किन्ने व्यक्तिलाई ग्लोबल आइएमई बैंकले सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ । सोको लागि बैंक र क्लासिक भिल्ला प्रालिबीच समझदारी भएको छ ।

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र प्रालिका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका, वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर–जग्गा किन्न चाहने नेपाली नागरिकलाई सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।

ग्लोबल आइएमई बैंक क्लासिक भिल्ला प्रालिले निमार्ण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रुपमा रहने पनि समझादारीपत्रमा उल्लेख छ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजना ल्याएको विज्ञप्तिमा जनाएको छ । ग्लोबल बैंकले हाल घर कर्जाको लागि ७.९९ प्रतिशत (प्रिमियम सहित)को ब्याजदरमा विशेष घर कर्जा योजना सीमित अवधिको लागि सञ्चालन गरिरहेको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २८० शाखा, २४८ एटिएम, २५७ शाखारहित एकाइ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत मुलुकबाट रेमिटेन्स पनि ल्याइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय