काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७–७८ मा तीन अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । १६ अर्ब २५ करोड ७३ लाख ३० हजारभन्दा माथि चुक्ता पुँजी रहेको बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.६९ प्रतिशतले बढी हो ।

बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटे पनि खुद नाफा भने बढेको छ । असार मसान्तसम्ममा बैंकले ३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.६९ प्रतिशत बढी हो ।

बैंकको सञ्चालन मुनाफा भने ४९.५० प्रतिशत बढेको छ । गत वर्षको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ रहेको वित्तीय विरणमा उल्लेख छ ।

गत आर्थिक वर्षमा बैंकले प्रतिसेयर आम्दानी पनि बढाएको छ । वित्तीय विवरण अनुसार गत वर्ष बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४५ पैसा बढेर २२ रुपैयाँ ४६ पैसा पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.३८ गुणा छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ४८ पैसा छ ।

अघिल्लो वर्षको तुलनामा चुक्ता पुँजी १४.०९ प्रतिशतले बढाएको बैंकको जगेडा कोष २३.८७ प्रतिशतले बढेको छ । बैंकको निक्षेप ४.९३ प्रतिशत र कर्जा १६.१५ प्रतिशत बढेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय