काठमाडौं– सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ भोलि (शनिबार) बिहान बाँडफाँट हुने भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार शनिबार बिहान ११ बजे सानिमा लाइफ इन्सुरेन्सकै कार्यालय दरबारमार्गमा सर्वसाधारणका लागि निष्कासित सेयर बाँडफाँट गरिने छ ।

कम्पनीले ६० लाख कित्ता सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गरेको हो । उक्त सेयरका लागि २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका छन् । ती आवेदकले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता सेयर माग गरेका छन् ।

तर कम्तीमा १० कित्ता सेयर बाँडफाँट गर्नुपर्ने प्रावधान अन्तर्गत सबैले सेयर नपाउने हुँदा गोलाप्रथाबाट ५ लाख ४० हजार आवेदकले मात्र सेयर पाउनेछन् ।

सार्वजनिक रुपमा निष्कासित ६० लाख कित्ता सेयरमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता म्युचल फन्डका लागि छुट्ट्याइएको छ । बाँकी ५४ लाख कित्ता सेयर सर्वसाधारण आवेदकले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय