काठमाडौं– नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर बैंक, वित्तीय संस्थाले दिने कर्जामा कडाइ गरेको छ । अब सेयर धितो राखेर बढीमा १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाइनेछ ।

एउटा बैंक, वित्तीय संस्थाबाट बढीमा चार करोड र सबै बैंक, वित्तीय संस्थाबाट गरी १२ करोड रुपैयाँसम्म मात्र ऋण सेयर धितोमा लिन पाइने राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को मौद्रिक नीतिमा उल्लेख छ ।

यसअघि नै उक्त सीमाभन्दा बढी कर्जा लिइसकेका ऋणीको हकमा समय दिएर उक्त कर्जा तोकिएको सीमाभित्र झार्न लगाउने राष्ट्र बैंकको भनाइ छ ।

मौद्रिक नीतिमार्फत बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात ८५ प्रतिशतबाट ९० प्रतिशत पुर्याइएको छ । साबिकको कर्जा स्रोत परिचालन अनुपातसम्बन्धी व्यवस्था खारेज गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय