काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले इ–सेवा मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा इ–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

अब उक्त बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट इ–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने जारी विज्ञप्तिमा जनाइएको छ ।

बैंकले हाल २४ वटा रेमिटेन्स कम्पनीसँग सम्झौता गरी ग्राहकलाई रेमिटेन्स सुविधा प्रदान गरिरहेको जनाएको छ । यो बैंकले एक सय तीन शाखाबाट बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय