काठमाडौं– नेपाली सेयर बजारको इतिहासमै पहिलोपल्ट आज २१ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार २१ अर्ब ६४ करोड बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसअघि जेठ ३० गते आइतबार सबैभन्दा बढी १९ अर्ब ५५ करोडको कारोबार भएको थियो । दुई महिनापछि कारोबार रकमको उक्त कीर्तिमान भंग भएको छ ।

तर यस दिन सेयर परिसूचक नेप्से भने २४.८८ बिन्दुले घटेर ३१५४.०३ कायम भएको छ । सुरुमा उकालो लागेको सूचक पछि ७३ बिन्दुसम्मले ओरालो झरेको थियो । पछि केही सुधार भई बजार बन्द हुने बेला २४.८८ बिन्दुको गिरावट कायम भएको हो ।

यस दिन उत्पादन, माइक्रोफाइनान्स र लगानी समूहका बाहेक सबै सूचक घटेका छन् । यस दिन २२२ सूचीकृत कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय