काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बानेश्वरस्थित कान्तिपुर अस्पतालमा उपचार गराउँदा सहुलियत पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाइमा आइतबार कान्तिपुर अस्पताल प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज, आइसियू, एचसियू, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्र्ज, क्याबिन, इन्भेस्टिगेसन (ल्याब, एक्सरे, युएसजी, इसिजी, इन्डोस्कोपी, पिएफटी, टिएमटी, इको) प्रोसिड्युर चार्ज (प्लास्टर, स्टिचिङ ड्रेसिङमा १५ प्रतिशत छुट पाउनेछन् ।

सम्झौतापत्रमा अस्पतालका कार्यकारी निर्देशक हिमालयबिक्रम मल्ल ठकुरी र बैंकका बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

देशका १०३ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय