काठमाडौं– एभरेस्ट बैंक लिमिटेडको क्युआर कोडबाट साझा सेवाले सञ्चालन गरेका पेट्रोल पम्पमा बिल भुक्तानी गर्न सकिने सेवा सुरु भएको छ ।
बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
साझाका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ किनेपछि एभरेस्टको क्युआर कोडबाट भुक्तानी गर्दा रियल टाइममा नै साझा सेवाको पुल्चोक शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।









