काठमाडौं– समाजका वरिष्ठ व्यक्तिको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा सर्वाधिक ब्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ ।

५८ वर्षभन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार रुपैयाँ राखी खोल्न सकिने यस बचत खातामा वार्षिक ६.०५ प्रतिशत ब्याजदर दिइने र ब्याजको भुक्तानी मासिक रुपमा गरिने बैंकले जनाएको छ ।

यसको अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय