काठमाडौं– नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजार मूल्य वृद्धि भएको भन्दै डिजेल, मट्टीतेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।

बढेको मूल्य सोमबार मध्यरातिबाट लागू हुनेछ । निगमको पछिल्लो निर्णयसँगै पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दुई रुपैयाँ महँगिएको छ । अब डिजेल र मट्टीतेलको मूल्य लिटरको एक सय १३, रुपैयाँ पेट्रोलको एक सय ३० रुपैयाँ कायम भएको छ ।

हवाई इन्धनमा आन्तरिकतर्फ लिटरको ८६ रुपैयाँ कायम भएको छ । हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा प्रतिकिलोलिटर सात सय ७० डलर भएको छ । खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ बढाएर १४ सय ५० पुर्याएको छ । यो काठमाडौं उपत्यकाको मूल्य हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय