काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका छन् ।

सर्वोत्तम सिमेन्टको विवादस्पद सेयर खरिद प्रकरणमा मुछिएका उनले मंगलबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन् । साउदले पदीय मर्यादा विपरीत बुक बुक बिल्डिङ विधिबाट सेयर निष्कासनको अन्तिम तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको सेयर पत्नीको नाममा खरिद गरेको आरोप लागेको छ ।

साउदले जिम्मेवारीमा रहँदा कुनै अवाञ्छित काम नगरेको दाबी गर्दै अनुसन्धानमा सहयोग गर्न राजीनामा दिएको बताएका छन् । साउदसँगै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य रहेका महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका छन् ।

संघीय संसदको अर्थ समितिले केही दिनअघि ढुंगाना, साउद लगायत सर्वोत्तमको सेयर खरिद प्रकरणमा मुछिएका अधिकारीहरुलाई कानुन बमोजिम कारवाही गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय