काठमाडौं– एनएमबि बैंक लिमिटेडले दोस्रो कार्यकालको लागि ह्यान्डलिङ बैंकको विशिष्टीकृत सेवा प्रदान गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग साझेदारी गरेको छ ।

बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिङ बैंकको भूमिकामा काम गर्दै आएको छ । केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरिद ऐन एवं सार्वजनिक खरीद र नियमावलीले निर्धारित योग्यता र मापदण्ड अनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबोल प्रक्रियाको माध्यमबाट ह्यान्डलिङ बैंक चयन गरेको हो । केन्द्रले ‘क’ वर्गको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई बोलकबोल प्रतिस्पर्धाको लागि आह्वान गरेको थियो ।

एनएमबिले दिगो बैंकिङ अन्तर्गत रही देशमा वास्तविक अर्थतन्त्रको प्रवर्द्धनको लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई आफ्नो लगानीको प्राथमिकतामा राखी काम गर्दै आएको जनाएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दिगो तरिकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाका स्रोतहरुको उपयोग गर्ने र भारतबाट बिजुली र जीवशेष इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई समर्थन गरिरहेको छ ।

बैंकले हालसालै अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा सिद्धान्तको आधारमा आफ्नो हरित कर्जा कार्यविधि र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरु र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत समेटेर बनाएको जनाएको छ ।

बैंकले एक सय ८१ शाखा, एक सय ३७ एटिएम र नौ एक्सटेन्सन काउन्टरमार्फत बंैकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय