काठमाडौं– नेपालको जीवन बिमा व्यवसायमा अग्रणी रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त संस्था नेसनल मर्चेन्ट बैंकर लिमिटेडको ५१ संस्थापक सेयर खरिद गर्ने गरी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।

काठमाडौंमा आयोजित एक समारोहमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेसनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले समझदारीपत्रमा हस्ताक्षर गरेको नेपाल लाइफको विज्ञप्तिमा उल्लेख छ । नेपाल लाइफले उक्त सेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पुँजी ३० करोड हुनेछ ।

कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेस्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे ।

नेसनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलियो बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा सबैको विश्वास जितेर उत्कृष्ट ब्रान्ड बन्न सफल भएको भन्दै अब नेसनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पुँजी बजारमा सफल कम्पनीको रुपमा स्थापित गरिने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय