काठमाडौं– नेपाल इन्भेस्टर्स फोरममा तुलसीराम ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको छ ।
शनिबार सम्पन्न वार्षिक साधारणसभाले ढकाललाई अध्यक्ष चुनेको हो । फोरमले तेह्रौं, चौधौं, पन्ध्रौं र सोह्रौं वार्षिक साधारणसभा एकैपटक सम्पन्न गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजन लम्साल र अञ्जिव तुलाधर, महासचिवमा दुर्गा तिवारी, सचिवमा विश्वेश्वर सुवेदी र कोषाध्यक्षमा हरिचन्द्र खनाललाई चुनिएका छन् ।
कार्यसमिति सदस्यमा अम्बिका शर्मा लामिछाने, अतितलाल श्रेष्ठ र सिर्जना सुवेदी चयन भएका छन् ।
ढकाल पुँजीबजार विकासको लागि विगत लामो समयदेखि काम गर्दै आएका व्यक्तिका रुपमा चिनिन्छन् । उनी पुँजीबजारका अनुभवी र विज्ञ विश्लेषक पनि हुन् ।
ढकाल नेतृत्वको नयाँ कार्यसमितिले अधुरा काम पूरा गर्ने, ब्रोकरहरूको विकास गर्ने, बैंकहरूलाई ब्रोकर लाइसेन्स दिने र नयाँ स्टक एक्सचेन्ज खोल्ने लगायतका काममा प्रतिबद्ध भएर लाग्ने जनाएको छ ।









