काठमाडौं– सरकारले सर्वोत्तम सिमेन्टको विवादास्पद सेयर खरिद प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भिष्मराज ढुंगानामाथि छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिको विज्ञ सदस्यमा नारायणप्रसाद पौडेल र नेपाल कानुन आयोगका सह–सचिव अर्जुनकुमार खड्का छन् ।

पुँजी बजार क्षेत्रको नियामक निकायका अध्यक्ष ढुंगाना, सञ्चालक चन्द्रप्रसाद ढकाल र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर परिवारका सदस्यको नाममा किनेका थिए । ढुंगानाले अमेरिकामा रहेकी छोरीको नाममा, ढकालले भाइको नाममा र साउदले श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेका छन् ।

उक्त सेयर उनीहरुले पैसा तिरेर नभई कम्पनीलाई बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने क्रममा सहजीकरण गरिदिएबापत गोल्डेन सेयरको रुपमा प्राप्त गरेको चर्चा चलिरहेको छ ।

उक्त प्रकरण जोडिएका तीनजनामध्ये सेबोनबाट ढकालले र स्टक एक्सचेन्जको कार्यकारीबाट साउदले राजीनामा दिइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय