नयाँ दिल्ली– भारतमा कोरोनाभाइरस संक्रमितको संख्यामा पुनः बढ्न थालेको छ ।

अधिकारीले बिहीबार बिहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घन्टामा ४७ हजार ९२ जना नयाँ संक्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना संक्रमणमुक्त भएको जानकारी दिएको छ ।

पछिल्लो २४ घन्टामा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या थोरै भएकाले सक्रिय संक्रमितको संख्यासमेतमा वृद्धि भएको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या तीन लाख ८९ हजार ५८३ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन करोड २० लाख २८ हजार ८२५ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा ५०९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या चार लाख ३९ हजार ५२९ पुगेको छ ।

मृतकमध्ये १७३ जनाको केरला प्रदेशमा मात्रै मृत्यु भएको हो । केरलामा संक्रमित भएकाको संख्या ३२ हजार ८०२ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय