काठमाडौं– विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र सो नम्बरमा कल गर्दा कल सफल भए पनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको ब्यालेन्सबाट पैसा काटिने अवस्था यदाकदा देखिएको भन्दै टेलिकमले ग्राहकलाई सचेत गराएको छ ।

केही दिनयता कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको टेलिकमले जनाएको छ ।

यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुन सक्ने भएकाले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एप इन्स्टल नगर्न वा हटाउनु टेलिकमले अनुरोध गरेको छ ।

सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कलहरु नहुने भए तापनि ग्राहकको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुन सक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय