काबुल– अफगानिस्तानमा तालिवानले आज सरकार गठन गर्ने घोषणा गरेको छ । यस केही परिचित अनुहार रहने बताइएको छ । सरकार गठनमा तालिवानका नेता केही अघिदेखि लागि परिरहेका थिए ।
तालिबानको यो सरकार संगठन प्रमुख हबीबुल्ला अखुन्जादाका अनुसार चल्ने बताइएको छ । यो सरकार तिव्र गतिमा बन्ने र काम गर्ने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
तालिबानका अनुसार यो सरकार तालिबानद्वारा गठित काउन्सिलद्वारा चल्ने जनाइएको छ । यो इरानको मोडल जस्तो हुनेछ । जानकारी अनुसार इरानका वरिष्ठ नेता अयातुल्ला अली खमनेइ जसरी सरकारका मुखिया छन्, त्यस्तै भूमिकामा तालिबान सरकारमा अखुन्जादा हुनेछन् ।
तालिबानको यो सरकारमा प्रधानमन्त्री र राष्ट्रपतिसमेत हुनेछन् । प्रधानमन्त्रीका लागि हाल तालिबानका वरिष्ठ नेता अब्दुल घनी बरादर र मुल्ला उमरका छोरा याकुबको नाम आएको बताइएको छ ।
एएफपीको जानकारी अनुसार यस सरकारमा हाल महिलाको कुनै सहभागिता नरहने बताइएको छ । बरादरले संगठनमा राजनीतिक र याकुब तालिबानको धार्मिक र वैचारिक मुद्दा हेर्ने गर्छन् ।
तालिबान यसपटक आफ्नो पछिल्ला सरकारमा भएका गल्ती दोहोराउन चाहँदैन । तालिबानले पटक पटक अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहको बताउँदै आएको छ । तालिबानका अनुसार यसपटकको सरकारको अपेक्षा धेरै भिन्न हुनेछ ।
यो सरकारमा छात्रालाई शिक्षा र महिलालाई काम गर्न स्वतन्त्रता दिइने छ । अन्तराष्ट्रिय समुदायले तालिबानसँग सहकार्य गर्ने विषयमा हतार नगर्ने र यो सबै तालिबानको भविष्यमा हुने व्यवहारमा भर पर्ने समेत बताइसकेका छन् ।









