काठमाडौं– दोस्रो बजारमा सूचीकृत लगभग सबै कम्पनीको सेयर मूल्य ओरालो लाग्दा नेप्से परिसूचक उच्च ओरालो लागेको छ । साताको पहिलो दिन कारोबार सुरु भएलगत्तै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुने बेलासम्म ओरालै लागिरह्यो ।

कारोबार सुरु भएको एक घन्टामै झण्डै १०० बिन्दुले ओरालो लागेको नेप्से पाँच प्रतिशत बढीले घट्दा करिब ४० मिनेटसम्म बजार नै बन्द गर्नु परेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से १०८.२६ ओरालो लागेर २८१८.७२ मा ओर्लिएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.७६ बिन्दुले घटेर ५२२.०१ मा ओर्लेको छ । २२३ कम्पनीको दुई करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ मूल्यमा किनबेच भएको छ । आइतबारको कारोबारपछि बजार पुँजीकरण ३९ खर्ब ४४ अर्ब ९५ करोड ३९ लाख १० हजारमा सीमित भएको छ । यसअघि बजार पुँजीकरण ४३ खर्बसम्म पुगेको थियो ।

कारोबार भएका सबै १३ उपसमूहको सूचक ओरालो लागेका छन् । बैंकिङ ४४.५१, व्यापार २१६.६४, होटल तथा पर्यटन १६१.२, विकास बैंक ३९४.८, जलविद्युत् २१६.९५, वित्त २३९.०८, निर्जीवन बिमा ५१९.४६, उत्पादन १७५.३२, अन्य ८३.१५, लघुवित्त १६२.९५, जीवन बिमा ५११.७८, सामूहिक लगानी कोष ०.३१ र लगानी ४.८५ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ७० करोड ३३ लाख ३० हजार २०८ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरीको ३० करोड १९ हजार ६२ हजार ४७५, नेपाल बैंकको २५ करोड ३१ लाख ९६ हजार १०३, नबलि बैंकको २४ करोड ६५ लाख ४४ हजार ५७९ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २१ करोड ९१ हजार ५१ हजार तीन बराबरको कारोबार भएको छ ।

बजार नराम्ररी ओरालो लाग्दा पनि सानिमा लाइफ इन्स्योरेन्स ९.९७, मनकामना स्मार्ट लघुवित्त ४.०२, गुराँस लघुवित्त १.९४, गुडबिल फाइनान्स ऋणपत्र १.९३ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले १.७६ प्रतिशतले कमाए ।

नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, रिलायन्स फाइनान्स, अरुण काबेली पावर, युनिभर्सल पावर कम्पनी, हिमालउन ऊर्जा विकास कम्पनी, रुरु जलविद्युत् परियोजना, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लाग्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय