काठमाडौं– एनएमबि बैंकले सिंगापुरको एसियन बैंकिङ एन्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैंकिङ अवार्ड श्रेणी अन्तर्गत ग्रिन डिल अफ द इयर २०२१ को उपाधि पाएको छ ।

अन्तर्राष्ट्रिय वित्त निगमसँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबिलाई उक्त पत्रिकाले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको हो ।

अन्तर्राष्ट्रिय वित्त निगमसँग सम्झौता अन्तर्गत एनएमबि बैंकले आइएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनामा कर्जा प्रवाह गर्छ । एनएमबि बैंकले ग्रिन डिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिप्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत प्राप्त गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंक हाल कार्बन अकाउन्टिङ फाइनान्सियल समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखि ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंकमध्येको एक मात्र बैंक भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

बैंंकले डिजिटल सेवा प्रवाहलाई प्राथमिकता सहित कागजको प्रयोगलाई न्यूनीकरण गर्दै सोबाट पर्ने पर्यावरणीय प्रभाव घटाउन अग्रसर रहेको दाबी गरेको छ । यस एक सय ८१ शाखा, एक सय ३७ एटिएम र नौ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय