काठमाडौं– युनिलिभर नेपालले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले प्रतिसेयर ६५० रुपैयाँ अर्थात ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज २४ गतेसम्म कायम सेयरधनीले युनिलिभर नेपालको नगद लाभांश पाउनेछन्।

अघिल्लो वर्ष ०७६/७७ का लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो।

कम्पनीद्वारा प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय