काठमाडौं– नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बीचको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा नेपालले १३५ रनको लक्ष्य पाएको छ ।

ओमान र अमेरिकासँग विश्वकप लिग–२ सिरिज खेल्ने ओमान पुगेको नेपालले अभ्यास खेलमा पीएनजीलाई नेपालले सस्तैमा समेटेको हो ।

ओमानको अल अमेरत मैदानमा पीएनजीले टस जितेर ब्याटिङ रोजेको हो । पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरले किफायती र आक्रमक बलिङ गरेका थिए । नेपालले पीएनजीलाई ३३ ओभरमा अल आउट गरेको हो ।

पीएनजीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाए । त्यसैगरी, चाल्स अमिनिले २३ रन बनाउँदा सेसे बउले १४, किपलिन डोरीगाले १५ गौडि टोकाले २२ र चड सोपर नट आउट रहँदै १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै ३५ रन खर्चेर पीएनजीको चार विकेट चट्काए । नेपालका लागि ओडीआईमा डेब्यु गरेका विक्रम सोवले पाँच ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिए । त्यसैगरी कुसल मल्लले दुई र सोमपाल कामीले एक विकेट लिन सफल भए ।

आजको खेलमा नेपालका लागि आसिफ सेख, कुशल भुर्तेल र विक्रम सोवले ओडीआईमा डेब्यु गरेका हुन् । आसिफले डेब्युमै विकेट किपङ सम्हालेका छन् । आजको खेलमा अल राउन्डर करण केसी र विनोद भण्डारीलाई खेलाएको छैन ।

ट्राई नेसन ओडीआई सिरिजको तयारी स्वरुप आयोजित दुई एकदिवसीयमध्ये यो पहिलो खेल हो । दोस्रो खेल पिएनजीसँगै शुक्रबार हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय