काठमाडौं– नबिल म्युचल फन्डअन्तर्गत सञ्चालित नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ को प्रतिफल घोषणा भएको छ ।

नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको मंगलबार बसेको सञ्चालक समिति बैठकले नबिल इक्विटी फन्डले आफ्ना एकाइ धनीहरुलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्स्ड फन्ड–२ ले ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नबिल इक्विटी फन्डले अघिल्लो आव २०७६–०७७ बाट आफ्ना एकाइ धनीलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्स्ड फन्ड–२ ले ३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यी दुवै फन्डहरुको कोष प्रबन्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । यी दुबै योजनाको प्रतिफल वितरणका लागि दर्ता किताब बन्द हुने मिति पछि तय गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय