काठमाडौं– तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर (आइपिओ) शुक्रबार बाँडफाँट हुने भएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले भदौ २५ गते शुक्रबार उक्त आइपिओ बाँडफाँट हुने जानकारी दिएको छ ।

कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ८ लाख कित्ता सेयर (आइपिओ) बिक्री खुला गरेको थियो । उक्त संख्याको ५ प्रतिशत म्युचल फन्डलाई, दुई प्रतिशत कर्मचारीलाई सुरक्षित गरी बाँकी सर्वसाधारण आवेदकलाई बाँडफाँट हुनेछ ।

उक्त सेयरका लागि २३ लाख ९६ हजार ३ सय ४८ जनाले आवेदन दिएको र ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ता माग भएको बिक्री प्रबन्धकले जनाएको छ । यो माग सर्वसाधारणका छुट्ट्याइएको सेयरको ४२ गुणा हो ।

मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यो कम्पनीको सेयर ७४ हजार ४ सय आवेदकले १० कित्ताका दरले पाउनेछन् । बाँकी २३ लाख २१ हजार ९ सय ४८ जनाको हात खालि हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय