काठमाडौं– एभरेष्ट बैंकले चाडपर्वको छेको पारेर ‘एभरेस्ट उत्सवमय अफर’ सार्वजनिक गरेको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै घरभाडाभन्दा सस्तो घर कर्जा, स्वरोजगार तथा उद्यमीको लागी साना तथा मझौला उद्योग कर्जा, आफ्नै सावारी साधनको लागि गाडी तथा मोटरसाइकल कर्जा तथा व्यक्तिगत प्रायोजनको लागि व्यक्तिगत कर्जा योजना ल्याएको जनाएको छ ।

कर्जा योजनामा घरकर्जा ७.४८, साना तथा मझौला उद्योग कर्जा ७.२४, गाडी कर्जा ६.८८, मोटरसाइकल कर्जा ७.९९ प्रतिशत तथा व्यक्तिगत कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध हुने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय