काठमाडौं– एक साताको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको कर्जा २ अर्ब ८९ करोड १६ लाख रुपैयाँले बढेको छ । जम्मा ९१ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले कर्जा भने दोब्बरभन्दा पनि धेरैले बढाएका छन् ।

अघिल्लो साताको तुलनामा निक्षेप ०.२४ प्रतिशतले र कर्जा ०.७९ प्रतिशतले बढेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ ।

क्षेत्रीय स्तरका विकास बैंकहरुका निक्षेप भने घटेको छ । उनीहरुको निक्षेप अघिल्लो साताको तुलनामा २५ करोड ७ लाख रुपैयाँले घटेको हो । यो अघिल्लो साताको तुलनामा ०.३५ प्रतिशतले कम हो ।

उनीहरुको कर्जा भने २५ करोड ८२ लाख रुपैयाँले बढेको एसोसिएसनको भनाइ छ । एसोसिएसनले जारी गरेको १८ मध्ये १५ वाणिज्य बैंकहरुको विवरणमा समग्र निक्षेप ७३ करोड १४ लाखले र कर्जा तथा सापटी ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँले बढेको देखिन्छ । एक साताको कर्जा र निक्षेपको वृद्धिदर क्रमशः ०.१५ र ०.७३ प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय