काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन १४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ९० हजार पाँच सयमा कारोबार भएको सुन शुक्रबार ८९ हजार चार सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदी तोलाको ३० रुपैयाँले घटेर एक हजार १७० मा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी एक हजार २०० मा कारोबार भइरहेको थियो ।









