बेइजिङ– चीनमा शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको संख्या एक अर्ब १० करोड पुगेको सरकारी तथ्यांकले देखाएको छ ।
यो संख्या कूल जनसंख्याको ७८ प्रतिशत हो । कोभिड–१९ प्रतिकार्यको लागि राज्य परिषद् अन्तर–संस्थान कार्यदलको तथ्यांकअनुसार मुख्य भूमि चीनमा एक अर्ब दुई करोडभन्दा बढी मानिसले कोभिडविरूद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् ।
चीनमा लगाइएको कोभिड–१९ विरोधी खोपको मात्रा दुई अर्ब १७ करोडभन्दा बढी पुगेको छ ।
कोभिड–१९ विरूद्धको खोप धेरै लगाउने विश्वका प्रमुख देशमध्ये चीन एक भएको उक्त कार्यदलले बताएको छ ।









