काठमाडौं– पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताले मंगलबार नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा लागू गरेको १२ करोडको सीमा तथा जिम्मेवार ओहोदामा रहेका व्यक्तिहरुको अभिव्यक्तिले सेयर बजारमा नकारात्मक प्रभाव परेको भन्दै लगानीकर्ताले आन्दोलन गर्दै आएका छन् । सोही आन्दोलनको एक हिस्साको रुपमा मंगलबार सेबोन घेराउ गरेका हुन् ।

लगानीकर्ताले पुँजी बजारको प्रत्यक्ष र अप्रत्यक्ष नियमन एवं सुपरिवेक्षण गर्ने संस्थाका पदासीन व्यक्तिले बेला बेलामा प्रदर्शन गर्ने पुँजी बजारको विकास विपरीतका काम र कदमविरुद्ध भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।

जिम्मेवार पदमा बसेर समग्र पुँजीबजारलाई नकारात्मक प्रभाव पार्ने गतिविधि भइरहेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय