काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाल सुन मंगलबार ८९ हजार दुई सयमा कारोबार भएकोमा बुधबारका लागि ९० हजार १०० रुपैयाँ मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मंगलबार प्रतितोला ८८ हजार ७५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य मंगलबारका तुलनामा आज प्रतितोला रु २५ले बढेको छ । चाँदी मंगलबार प्रतितोला एक हजार १४० मा कारोबार भएको थियो ।
बुधबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा यो समाचार लेख्दै गर्दा सुन प्रतिऔंस एक हजार ७७७.५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









