काठमाडौं– लगातार केही दिनदेखि निराशाजनक रुपले ओरालो लागेको सेयर बजारमा बुधबार उत्साहजनक सुधार देखिएको छ ।

यस दिन कारोबार भएका सबै कम्पनीको मूल्य बढ्दा नेप्से परिसूचक १०४.८८ बिन्दुले उकालो लागेको छ । कारोबार रकम भने तुलनात्मक रुपमा निकै कम छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँमा एक करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन १८५ सूचीकृत कम्पनीको सेयर किनबेच भएकोमा १८४ वटाको मूल्य बढेको छ भने एउटा कम्पनीको सेयर मूल्य अघिल्लो दिनको बराबर नै रहेको छ । यस दिन १३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर डेपलपमेन्ट कम्पनी सबैभन्दा अगाडि छ । यस कम्पनीको २३ करोड ३४ लाख ८५ हजार रुपैयाँभन्दा केही बढीको कारोबार भएको छ । बुधबार बजार बन्द हुँदा नेप्से २८१६.९५ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय