काठमाडौं– माछापुच्छ्रे बैंकले सेयरधनीलाई अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफाबाट १४ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

बुधबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष (२०७७/७८) को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १४ प्रतिशत (कर सहित) लाभांश वितरण गर्न प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको हो ।

बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि बैंकका सेयरधनीले उक्त प्रतिफल पाउनेछन् । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको चुक्तापुँजी ९ अर्ब ५ करोड रुपैयाँ छ । यसको साधारडा जगेडा कोषमा गत असार मसान्तमा २ अर्ब २ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय