काठमाडौं– नेपालीहरूको महान चाड बडा दसैंको अवसरमा राइड सेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दसैं अफर ल्याएको छ ।

महोत्सवमा राइडरले होन्डा साइन बाइक र रेडमी ९ मोबाइल जित्ने मौका रहेको छ भने ग्राहकले साहाराको वालेटमा ५००० जित्ने मौका रहेको विज्ञप्तिमा उल्लेख छ ।

असोज १ गतेदेखि २० सम्म चल्ने यस योजनामा हरेक हप्ता टप राइडरले रेडमी ९ र नगद बोनस समेत पाउनेछन् । उपहार जित्नका लागि राइडर र ग्राहक दुवैले ४५ वटा राइड पूरा गरेको हुनुपर्ने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

अफरको अन्तिममा एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत होन्डा साइन बाइक प्राप्त गर्नेछन् । नेपालमा सन् २०१९ देखी राइड सेयरिङ सेवा सुरु गरेको साहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनीका सिइओ विशाल जिसीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय