काठमाडौं– सवारी साधनको नवीकरण तथा कर भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झट अब हट्ने भएको छ । वाग्मती प्रदेश सरकारले यस प्रदेशमा दर्ता भएका सबै सवारी साधनको कर, राजस्व, सवारी दर्ता तथा नवीकरणको शुल्क इसेवाबाट तिर्न सक्ने व्यवस्था मिलाएको हो ।

प्रदेश सरकार र इसेवा मिलेर सवारी साधनको कर, दर्ता र नवीकरण अनलाइनबाटै गर्न सकिने सेवा सुरु गरेका हुन् । अब सवारी साधनको कर, सवारी दर्ता, नवीकरण र बिमाको भुक्तानी इसेवाबाटै गर्न सकिने कम्पनीले जनाएको छ ।

दुईपांग्रे, चारपांग्रे, ठूला तथा हेभी सवारी, निजी तथा सार्वजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नवीकरण इसेवाबाटै गर्न सकिने कम्पनीले जनाएको छ ।

इसेवा खाता भएका प्रयोगकर्ताले मोबाइलबाटै कर भुक्तानी, दर्ता र नवीकरणको काम गर्न सक्नेछन् । इसेवा खाता नभएका ग्राहकको हकमा भने नजिकैको इसेवा जोन तथा पोइन्टमा गएर सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय