काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रुरु जलविद्युत् परियोजना लिमिटेडको मूल्य समायोजन गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेले कम्पनीको मूल्य समायोजन गरेको हो ।

समायोजनपछि कम्पनीको सेयर मूल्य १२०६ रुपैयाँ तोकिएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएपछि मूल्य समायोजन भएको हो । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

बुधबार बजार बन्द हुँदा रुरुको सेयर मूल्य प्रतिकित्ता १३२७ रुपैयाँ कायम भएको थियो । बिहीबार कम्पनीको नयाँ मूल्यलाई आधार मानेर कारोबार गर्नुपर्ने हुन्छ ।

रुरुको वार्षिक साधारणसभा असोज १६ गतेका लागि तोकिएको छ । उक्त सभामा आर्थिक वर्ष २०७६–७७ को नाफाबाट करसहित १०.५२ प्रतिशत नगद लाभांश र २०७७–७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर तथा सोमा लाग्ने कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । उक्त सभाले सञ्चालक समितिको निर्वाचन समेत गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय