काठमाडौं– सानिमा माई हाइड्रोपावर कम्पनीले आगामी कात्तिक ११ गते साधारणसभा बोलाएको छ । उक्त सभामा सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लगिने कम्पनीले जनाएको छ ।
कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयरका अलावा त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेस गर्नेछ । यो कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ९२ लाख रुपैयाँ छ । लाभांश वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ पुग्नेछ ।
उक्त सभाले सञ्चालक समितिका दुईजना सदस्य पनि चयन गर्नेछ । सातजनाको सञ्चालक समितिमा ६ जना निर्वाचनबाट र एकजना स्वतन्त्र सञ्चालक रहने व्यवस्था छ । ६ जनामध्ये २ जनाको निर्वाचन हुने कम्पनीले जनाएको छ ।









