काठमाडौं– आइएमईले चाडपर्वलाई लक्ष्य गरेर ल्याएको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएको कम्पनीले जनाएको छ । काठमाडौंको पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभमार्फत नजिता सार्वजनिक गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले संयुक्त अरब इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५०७ र ४८ हजार २० रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफर अनुसार आइएमईले उनीहरु वा उनीहरुले सिफारिस गरेका आफन्तलाई क्रमशः ८३ हजार १४ र ९६ हजार ४० रुपैयाँ उपहारस्वरूप प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।
आइएमईले सार्वजनिक गरेको पर्वलक्षित डबल डबलको डबल अफर असोज १ देखि कात्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म चल्ने बताइएको छ ।
अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्ट वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुईजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एकजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । साथै कम्पनीले आइएमई पेमा रकम प्राप्त गर्दा २०० थप बोनसको व्यवस्था मिलाएको छ ।
अफर अवधिमा विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र सर्त तोकेको छ । सेवा र सर्त अनुसार विजेताको छनोट प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत गरिनेछ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारी, आइएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैन । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल प्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।
छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिने कम्पनीले जनाएको छ ।









