काठमाडौं– साताको पहिलो दिन आइतबार सेयरबजारको परिसूचक उच्च अंकले घट्दा पनि मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले भने १० प्रतिशत कमाएका छन् । उनीहरुले सेयर बजारबाट एक दिनमा लिन सक्ने हदसम्मको फाइदा लिएका छन् ।

आइतबार नेप्से  ६१.२७ बिन्दुले घटेर २७५८.४८ कायम भएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १०.७० बिन्दुले घटेर ५१९.३६ कायम भएको छ । यस दिन २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० मूल्यमा खरिद–बिक्री भए ।

आइतबारको कारोबारपछि बजार पुँजीकरण ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजार रुपैयाँ हाराहारी कायम भएको छ । नेप्सेका अनुसार यस दिन सामूहिक लगानी कोषबाहेक अरु १२ वटा उपसमूहको सेयर सूचक ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लाग्दा बैंकिङ १८.२९, व्यापार ९८.७४, होटल तथा पर्यटन ८८.९७, विकास बैंक १३०.६४, जलविद्युत् १३५.०३, वित्त १५६.१७, निर्जीवन बिमा ३५६.७६, उत्पादन ११६.७५, अन्य ४४.१३, लघुवित्त १२०.९९, जीवन बिमा ३७१.३१ र लगानी ३.२३ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ३३ करोड ९५ लाख ७३ हजार ६५५ बराबरको कारोबार भयो । यस्तै, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स ३१ करोड ८८ लाख ९९ हजार ५००, नेपाल बैंक २१ करोड ३४ लाख ९५ हजार ३१३, कामना सेवा विकास बैंक २० करोड ५८ लाख ६२ हजार २५०, नेसनल हाइड्रो पावर १७ करोड ८३ लाख ७६ हजार ८९४ र मेगा बैंक १७ करोड ७० लाख ९१ हजार २४० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसका सेयरधनीले एक दिनमा कमाउन सक्ने उच्चतम रकम कमाएका छन् । हालैमात्र कारोबारमा आएको मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ६.०३ प्रतिशतले बढेको छ । यस दिन सिटिजन म्युचुअल फन्ड १ को ३.४० र सनराइज फस्ट म्युचुअल फन्डका लगानीकर्ताले (२.३१ प्रतिशत) कमाएका छन् ।

आइतबार बढी गुमाउनेमा आइसिएफसी फाइनान्स (८.९८ प्रतिशत), घलेम्दी हाइड्रोपावर (७.९६ प्रतिशत), मल्टिपर्पोज फाइनान्स कम्पनी (७.६६ प्रतिशत), बेस्ट फाइनान्स कम्पनी (७.६० प्रतिशत) र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ता (७.३७ प्रतिशत) गुमाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय