काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांशको रुपमा बोनस सेयर दिने भएको छ ।
संस्था सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १६.९० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाने निर्णय गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँ छ ।
संस्थाको असोज आइतबार सम्पन्न सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको संस्थाले धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जलाई लेखेको पत्रमा उल्लेख छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।









