काठमाडौं– महँगा धातु सुनचाँदीको मूल्य थोरै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि तोकेको मूल्य अघिल्लो दिनको तुलनामा कम छ । महासंघले अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ सय रुपैयाँ र चाँदीको ५ रुपैयाँ कम तोकेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलाको ८९ हजार ३ सय र तेजाबी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य तोलाको १ हजार १ सय ६० रुपैयाँ थियो ।









