काठमाडौं– पछिल्लो समय घट्न थालेको सेयर बजारमा सेयर सूचक मात्र नभएर कारोबार रकम पनि निकै घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से ३२.५१ बिन्दुले घटेको छ । अघिल्लो दिन यो ५० बिन्दुले उकालो लागेको थियो । यस दिन बजार बन्द हुँदा नेप्से परिसूचक २६३३।४२ कायम भएको छ ।

१८६ कम्पनीको सेयर किनबेच भएको बिहीबारको कारोबार रकम अघिल्लो दिनको भन्दा १ अर्ब ३२ करोडभन्दा धेरैले कम छ । यस दिनको कारोबार रकम तीन अर्ब ७० करोडमा सीमित भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन पाँच अर्ब दुई करोडभन्दा बढीको सेयर किनबेच भएको थियो ।

बिहीबार ३३ कम्पनीको सेयर मूल्य बढेको, १४७ कम्पनीको घटेको र ६ कम्पनीको घटबढ नभएको देखिन्छ ।

तैपनि यस दिन तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ खोला जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । यस दिन सबैभन्दा बढी गुमाउनेमा गुडविल फाइनान्स र प्रिमियर इन्स्योरेन्सका सेयरधनी परेका छन् । यी दुवै कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय