काठमाडौं– सम्पन्न क्यापिटल एन्ड एडभाइजरी लिमिटेडले पहिलो साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि जम्मा पुँजीको १.३१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पास गरेको जनाएको छ ।
बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी ३ करोड ८४ लाख ९७ हजार हुनेछ । संस्थाले पुरानै सञ्चालक समितिलाई अनुमोदन दिएको हकप्रद सेयर निष्कासन गर्ने अख्तियारी समेत सञ्चालक समितिलाई दिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोसेफ अधिकारीले संस्थाले चालु आर्थिक वर्षमा पुँजी वृद्धि गर्दै लगानी व्यवस्थापक र भेन्चर क्यापिटल सम्बन्धी कार्य गर्ने अनुमतिपत्र लिने जानकारी दिए । त्यसैगरी, संस्थाले आगामी आर्थिक वर्षभित्र ५० हजार डिम्याट खाता खोल्ने योजना बनाएको छ ।
यो संस्था नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कर्पोरेट एडभाइजरी सेवा प्रदान गर्ने मर्चेन्ट बैंकर हो । संस्थाले निक्षेप सदस्यको काम समेत गर्दै आएको छ ।









