काठमाडौं– स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरस धनीका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ । संस्थाको आइतबार सम्पन्न सञ्चालक समितिको ५९औं बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको मुनाफाबाट ३४ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको हो ।

सो प्रतिफलमध्ये ३२.३० प्रतिशत बोनस सेयर र १.७० प्रतिशत नगद हुने संस्थाले जनाएको छ । नगद लाभांश बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि प्रस्ताव गरिएको संस्थाले जनाएको छ । संस्थाले नगद लाभांश र बोनस सेयर गरी तीन करोड १२ लाख ९७ हजार रुपैयाँ बराबर प्रतिफल दिन लागेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय