काठमाडौं– मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई प्रदान गर्ने लाभांश घोषणा गरेको छ ।

मंगलबार सम्पन्न संस्था सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद हुने संस्थाले जनाएको छ । नगद लाभांश कर प्रयोजनका लागि हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय