काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले गत वर्षको मुनाफाबाट बोनस सेयर र नगद लाभांश दुवै दिने घोष्णा गरेको छ । बैंक सञ्चालक समितिले १३.०६ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकले जनाएको छ ।

बैंकले १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको यो प्रतिफल अघिल्लो वर्षको तुलनामा बढी हो ।

गत वर्ष यसले ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश दिएको थियो । स्ट्यान्डर्ड चार्टर्डको चुक्ता पुँजी ८ अर्ब ५७ करोड रुपैयाँ छ ।

बैंकको जगेडा कोषमा ७ अर्ब ६५ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्ष एक अर्ब १७ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय